०८ साउन २०८३, शुक्रबार

प्रवासी नेपालीसँग मुख्यमन्त्रीले भने, 'यो चौकीदारलाई सफल पार्नका लागि तपार्इंहरुको साथ चाहिन्छ'

बैशाख १२, २०७५
प्रवासी नेपालीसँग मुख्यमन्त्रीले भने, 'यो चौकीदारलाई सफल पार्नका लागि तपार्इंहरुको साथ चाहिन्छ'

कैलाली, १२ वैशाख - प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताउनु भएको छ । 

सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ गर्दै उहाँले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार नेपाली युवाको जमातलाई स्वेदेशमै रोजगारीको व्यवस्थापन गर्न आवश्यक कदम चालिनेमा जोड दिनुभयो । 

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि स्वदेशमै श्रम र मिहेनत गर्नुपर्नेमा जोड दिंदै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ लाई सफल बनाउन प्रवासी नेपालीको पनि अहम भूमिका रहने चर्चा गर्नुभयोे । 

प्रवासी नेपालीसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउदै मुख्यमन्त्री उहाँले भन्नुभयो, “यो चौकीदारलाई सफल पार्नका लागि तपार्इंहरुले पनि साथ दिनुपर्दछ र साथको लागि आग्रह गर्दछु ।” 

समितिका संयोजक दीपक प्रकाश मल्लले बेरोजगारको समस्या समाधानका लागि स्वदेशमै रोजगारको व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्