१० साउन २०८३, आइतबार

काँग्रेसले बनायो छाया सरकार

बैशाख १२, २०७५
काँग्रेसले बनायो  छाया सरकार

रुकुम, १२ वैशाख - नेपाली काँग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ । 

आज जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । काँग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको काँग्रेस रुकुमले जानकारी दिएको छ । 

जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छाया सरकार गठन गरिएको काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । 

जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको उहाँको भनाइ छ । जिल्लाका सबै स्थानीय तह र जिल्लामा पनि छाया सरकार गठन गर्ने काँग्रेसको तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्