०२ असार २०८३, मंगलबार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

बैशाख १२, २०७५
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

सुर्खेत, १२ वैशाख - कर्णाली प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ । 

प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल भएको थियो । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । 

मुख्यमन्त्री शाहीले अहिले प्रदेश सरकारले ल्याएको तीन महिने नीति तथा कार्यक्रम २०७५÷७६ को जग भएको बताउँदै सुर्खेत–बर्दिया सुरुङमार्ग, रैथाने बाली र पर्यटन विकासलाई पहिलो प्राथमिकता दिइएको जानकारी दिनुभयो । 

बैठकमा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षलाई कमजोर ठानेर प्रदेश सरकारले मनोमानी गरेको आरोप लगाउनुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्