
बिग बोसकी प्रतिस्पर्धी रहिसकेकी भोजपुरी स्टार मोनालिसा एक बंगाली सिरिजमा देखिने भएकी छिन् । उक्त सिरिजका कारण उनको चर्चा हुने गरेको छ ।
तर पछिल्ला दिनमा मोनालिसा आफ्नो एक तस्वीरका कारण ट्रोल भइरहेकी छिन् ।
आफ्नो इन्टाग्राम एकाउन्टमा रातो गाउनमा सजिएको एक तस्वीर राखेकी मोनालिसा चर्चामा रहेकी हुन् ।
उनी यसअघि पनि सामाजिक सञ्जालमा बोल्ड फोटोका कारण चर्चामा आउने गरेकी थिइन् । तर उनले राख्ने फोटोलाई सामान्य रुपमा लिने गरिएको थियो । तर यसपटक भने उनी ट्रोल भएकी हुन् ।
उनले राखेको तस्वीरमा धेरैले अस्लिल कमेन्ट पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।