१९ असार २०८३, शुक्रबार

इयरफोनले लियो १३ स्कूले बालबालिकाको ज्यान !

बैशाख १३, २०७५
इयरफोनले लियो १३ स्कूले बालबालिकाको ज्यान !

काठमाडौं, १३ वैशाख– भारत उत्तर प्रदेशको कुशीनगरमा रेल र स्कूल भ्यान ठोकिँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । घटनामा आठ जना गम्भीर घाइते भएका छन् । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मानवरहित रेल क्रसिङ पार गर्न लागेको समयमा स्कूल भ्यानको ड्राइभरले ट्रेनको आवाज नसुन्दा यस्तो भीषण दुर्घटना भएको हो । 

घटनास्थलमा पुगेका युपीका मुख्यमन्त्री आदित्यनाथ योगीले ड्राइभरको लापरवाहीका कारण दुर्घटना भएको बताउँदै ड्राइभरले इयरफोन लगाएको  र उनको उमेरका विषयमा पनि प्रश्न उठिरहेको बताएका थिए । मुख्यमन्त्रीले दोषीमाथि कारवाही गर्ने बताएका छन् । 

घटनास्थलका केही प्रत्यक्षदर्शीका अनुसार रेलवे क्रसिङ नजिक रहेका व्यक्तिले भ्यानका ड्राइभरलाई ट्रेन आउन लागेको चेतावनी दिएका थिए तर उनले वेवास्ता गरे । 

कुशीनगरको जिल्लाअधिकारका अनुसार घटना विहान साढे सात बजे भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्