१२ असार २०८३, शुक्रबार

शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी राखिँदैनः गृहमन्त्री

बैशाख १४, २०७५
शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी राखिँदैनः गृहमन्त्री

भैरहवा, १४ वैशाख– गृहमन्त्री रामबहादुर थापाले  सुशासन र सुरक्षाको लागि सरकार सधैं प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार लुम्बिनि प्रेस क्लबले गौतम बुद्ध बिमानस्थल भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै गृह मन्त्री थापाले मुलुकको शुसासनका लागि सरकार दृढतापूर्वको लागेको उल्लेख गर्दै शान्ति सुब्यबस्था कायम राख्न सरकारले कुनै कसर बाकी नराख्ने दाबी गरे । 

५ नम्बर प्रदेश स्तरीय सुरक्षा योजना बनाउन गृह सचिव, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ३ वटै आईजीपि लिएर रुपन्देही आएका मन्त्री थापाले देश र जनताको सुरक्षाको लागी सरकारले कुनै कसुर बाँकी नराख्ने समेत बताए ।

यातायात ब्यवसायीले थालेको आन्दोलन प्रति ईगिँत गर्दै प्रतिस्प्रर्धाबाट नै मुलुकले आर्थिक समृद्धि गर्नै बताउदै यातायात ब्यवसायीको सिन्डीकेट समाप्त पारेरै छाडने दावी गर्दै भने । ‘तस्करी र कालो बजारीले मुलुकको अर्थतन्त्र तहस/नहस हुने भएकाले तस्करीलाई जरै देखी उखेल्छौ ।’

उनले सुन काण्डमा प्रहरीका अधिकारीहरु मुछिएकोप्रति अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने पनि जनाए । उनले लागु औषध कारोबार र घरेलु हिँसा बढेको चर्चा गर्दै त्यसका बिरुद्ध सरकारले चाडै ठोस कदम चाल्ने बताए । 

देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न ७ वटै प्रदेशमा प्रदेश स्तरिय कार्ययोजना बनाएर सरकार अघि बढन थालेको उल्लेख गर्दै गृह मन्त्री थापाले मुलुक संघीयतामा गैसकेकाले सुरक्षा निकायमा देखिएको, अन्यौलता चाडै अन्त्य हुने दाबी गरे ।  माओबादी केन्द्रका महासचिब समेत रहेका गृह मन्त्रि थापाले एमाले र माओबादी केन्द्रबीच चाडैनै एकता हुने दाबी गर्दै एकताको मिति केही दिनमै तय हुने समेत बताए । उनले माओवादी र एमालेबीच हुने पार्टी एकतामा संका नगर्न आग्रह समेत गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्