०९ असार २०८३, मंगलबार

सञ्जय दत्त बारे बनेको फिल्मको टिजर सार्वजनिक बन्यो भाइरल

बैशाख १४, २०७५
सञ्जय दत्त बारे बनेको फिल्मको टिजर सार्वजनिक बन्यो भाइरल

अभिनेता सञ्जय दत्तको जीवनीमा निर्माण भएको फिल्म सञ्जुको टिजर सार्वजनिक गरिएको छ । राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्मको टिजर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभिनेता सञ्जयको भूमिका निर्वाह गरेका रणवीर कपुरले अहिले निकै चर्चा पाइरहेका छन् । उनी सञ्जयको हाउभाउमा दुरुस्तै उत्रिएका छन् ।

टिजरमा रणवीरलाई सञ्जयको विभिन्न ६ अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा रणवीरलाई सञ्जयको युवा अवस्थादेखि अहिलेको उमेरसम्मको विभिन्न गेटअपमा प्रस्तुत गरिएको छ ।

निर्माण सुरु भएदेखि नै चर्चामा रहेको यो फिल्मको नाम के राख्ने भनेर निर्माता, निर्देशक निक्र्योलमा पुग्न सकेका थिएनन् ।

सञ्जयलाई सञ्जु पनि भनिने भएकाले अन्ततः फिल्मको नाम नै सञ्जु राखिएको बताइन्छ । जुन २९ मा प्रदर्शनमा आउने फिल्ममा रणवीरका साथमा अनुष्का शर्मा, मनीषा कोइरालगायतले अभिनय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्