३० असार २०८३, मंगलबार

मोदी र चिनियाँ राष्ट्रपतिबीच वान टू वान वार्ता, के होला छलफल ?

बैशाख १४, २०७५
मोदी र चिनियाँ राष्ट्रपतिबीच वान टू वान वार्ता, के होला छलफल ?

वुहाङ, १४ वैशाख– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ । 

चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो । 

राष्ट्रपति सिसँगको अनौपचारिक सम्मेलनकालागि प्रधानमन्त्री मोदी शुक्रबार बिहानै बुहाङ अाइपुगेका थिए । 

एक्लाएक्लै भेटवार्ताका क्रममा उनीहरुले विश्वव्यापी, क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा केन्द्रित भएर छलफल गर्ने तयारी भएको उच्च अधिकारीले बताएका छन् । 

खानापछि दुई जनाका बीचमा एक्ला एक्लै वार्ता गर्ने कार्यतालिका रहेको छ । दुवै नेताबीच एक्ला एक्लै भेटवार्ता हुवेई प्रादेशीक संग्रालयमा हुने तय गरिएको छ । 

बेलुकाको खाना पनि दुई जना मात्रै बसेर खाने कार्यक्रम रहेको छ । बेलुकाको खाना भने विदा मनाउने प्रसिद्ध गन्तव्य इस्ट लेकमा हुने कार्यतालिका रहेको अधिकारीले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्