२८ असार २०८३, आइतबार

विश्व शिक्षक सम्मेलन नेपालमा

बैशाख १४, २०७५
विश्व शिक्षक सम्मेलन नेपालमा

काठमाडौँ, १४ वैशाख - विश्व शिक्षक महासंघको १९औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । 

महासंघले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष मफुजा खानमले सार्वजनिक विद्यालय सुधार, विश्वभरका शिक्षकबीच एकता र भाइचारा सम्बन्ध कायम राख्न आगामी असोज ६ र ७ गते काठमाडौँमा सम्मेलन हुन थालेको जानकारी गराए  । 

अध्यक्ष खानामले सम्मेलनले समाजवादी शिक्षाको विकास, सार्वजनिक शिक्षाको गुणस्तर सुधार र समावेशी शिक्षाका बारेमा पनि छलफल हुने बताए  । 

पत्रकार सम्मेलनमा महासंघका महासचिव अमियाकुमार मोहन्ती विश्वभरका शिक्षक नेपालमा आएर शैक्षिक बहस गर्नु नेपालका लागि अवसर भएको बताए  । उनले  भर्खरै संघीयता प्रणालीमा शैक्षिक व्यवस्थापन शुरु गरेको नेपाललाई अन्य देशका राम्रा अभ्यासहरु सिक्ने र समाजवादी शिक्षा विकास गर्ने मौका मिल्ने बताए  । 

नेपालका तर्फबाट महासंघमा आबद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले विश्वभरका शिक्षक नेपालमा जम्मा गरेर गुणस्तर शिक्षाका बारेमा बहस हुनु राम्रो पक्ष भएको बताए  । सम्मेलनमा १४० बढी देशका शिक्षक सहभागी हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्