०८ असार २०८३, सोमबार

बंगलादेश–भारत–नेपाल बससेवा

बैशाख १४, २०७५
बंगलादेश–भारत–नेपाल बससेवा

काठमाडौँ, १४ वैशाख - बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । 

तीनदिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ । 

उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए । 

बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले आज साँझ यहाँस्थित आफ्नै निवासमा एक स्वागत समारोहको आयोजना गर्नुभयो । 

त्यसअवसरमा उहाँले बससेवा प्रारम्भ भएकामा प्रशन्नता प्रकट गर्दै त्यसले बंगलादेश, भारत र नेपालमा समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

तीनवटै मुलुकको पर्यटन, व्यापार–वाणिज्य र जनसम्पर्क विस्तारबाट हाम्रो आर्थिक प्रगति हुनेछ, उहाँले भन्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्