१६ असार २०८३, मंगलबार

श्रेयस अय्यर, जसले खेल र दिल दुबै जीते

बैशाख १५, २०७५
श्रेयस अय्यर, जसले खेल र दिल दुबै जीते

काठमाडौं, १५ वैशाख– दिल्ली डेयरडेभिल्सले शनिवार खेलिएको खेलमा कोलकता नाइट राइडर्सलाई ५५ रनले हराएर यस सिजनमा दोस्रो जीत निकालेको छ । 

नयाँ दिल्लीको फिरोजशाह कोटला ममैदानमा भएको खेलमा दिल्लीले पहिले व्याटिङ गर्दै ४ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । यसमा दिल्लीका नयाँ कप्तान श्रेयस अय्यरले ४० बलमा ९३ रनको पारी खेल्दा दिल्लीले दोस्रो जीत निकालेको थियो । 

अय्यरले तीन चौका र १० छक्का प्रहार गरेका थिए । अय्यसले अन्तिम ओभरमा चार छक्का र १ चौकाको मद्तमा २९ रन बनाए । २२० रनको लक्ष्य पछ्याएको उत्तरी कोलकता नाइट राइडर्सको टीम २० ओभरमा नौ विकेटमा १६४ रन मात्र बनाउन सक्यो । 

दिल्लीको यस जितको श्रेय अय्यरकालाई दिइएको छ

salt training

कमेन्ट गर्नुहोस्