०९ साउन २०८३, शनिबार

म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षबाट राजीनामा दिए

बैशाख १५, २०७५
म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षबाट राजीनामा दिए

काठमाडौं, १५ वैशाख– डिएगो म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्ष पदबाट राजीनामा दिएका छन् । अर्जेन्टिनाका पूर्व खेलाडी तथा विश्वकप विजेता ५७ वर्षे म्याराडोना गएको मेदेखि क्लबको प्रशिक्षक थिए । 

युएईमा म्याराडोनाको यो प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल हो । यसअघि उनले अल वास्ल क्लबमा प्रशिक्षकको भूमिका निभाएका थिए । उनले अर्जेन्टिनाको राष्ट्रिय टिममा सन् २००८ देखि २०१० सम्म प्रशिक्षकको भूमिका निभाएका थिए ।

अल फुजाइराह क्लब संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनबाट सीधै शीर्ष डिभिजिनमा उक्लिन असफल भएपछि अर्जेन्टिनी म्याराडोनाले राजीनामा दिएका हुन् । शुक्रबार भएको खोर्फाक्कान क्लबसँगको खेलमा १–१ को बराबरीमा रोकिएपछि म्याराडोनाको टिम दोस्रो डिभिजनको शीर्ष दुईमा पर्ने सम्भावना सकियो ।
 

salt training

कमेन्ट गर्नुहोस्