२६ असार २०८३, शुक्रबार

अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा’

कात्तिक २०, २०७४
अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा’
काठमाडौँ, २७ मङ्सिर - नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको बताउनुभएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग आज गृहमन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिज्ले उक्त कुरा बताउनुभएको हो ।

भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
भेटमा नेपालको समसामयिक राजनीति र सङ्क्रमणकालीन न्याय एवम् यसको व्यवस्थापन सम्बन्धमा कुराकानी भएको थियो ।
सो अवसरमा गृहमन्त्री निधिले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
राजदूत टेप्लिज्ले अमेरिकाको साथ नेपालमा विकासका लागि सधैँ रहने प्रतिबद्धता जनाउनुभएको दाहालले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्