
संखुवासभा, १६ वैशाख– अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ ।
संखुवासभाको खाँदवारी–९ तुम्लिङटारस्थित कार्यालयमा गएराति करिब साढे १२ बजे बम विस्फोट भएको हो । विस्फोटबाट कार्यालयको कम्पाउण्डको पर्खालमा क्षति पुगेको छ । राति अज्ञात समूहले विस्फोट गराएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी इन्स्पेक्टर वेदप्रसाद गौतमले लोकान्तरलाई बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेकाे कार्यालयमा बम विस्फोट भएको हो ।