३० असार २०८३, मंगलबार

वैशाख २० भित्रै एकता टुंग्याउने गरी ओली-प्रचण्डबीच नियमित ‘वान टु वान’ वार्ता

बैशाख १६, २०७५
वैशाख २० भित्रै एकता टुंग्याउने गरी ओली-प्रचण्डबीच नियमित ‘वान टु वान’ वार्ता

काठमाडौं, १६ वैशाख– पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रका अध्यक्षबीच नियमित रुपमा ‘वान टु वान’ वार्ता भइरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० वैशाखभित्रै एकतालाई निष्कर्षमा पुर्याउने गरी सघन छलफल केन्द्रित गरेका हुन् । दुई नेताले शुक्रबार र शनिबार करिब पाँच घन्टा छलफल गरेका छन् ।

पार्टी स्थापना दिवस ९ वैशाखमा एकता घोषणासभा गर्ने योजना गुज्रिएपछि दुवै नेताले २० गतेभित्र अर्को मिति टुंगो लगाउने गरी सघन छलफल केन्द्रित गरेको बताइएको छ । 

एकीकृत पार्टीमा दुवै पार्टीको हिस्सेदारीसहित सबै विषय लगभग टुंगो लागेकाले पार्टीभित्रै आन्तरिक गृहकार्य सकेर २० वैशाखमा एकता घोषणासभा मितिको निर्णय हुन सक्ने प्रचण्डनिकट स्रोतले जनाएको छ । 

एकता प्रक्रियालाई निष्कर्षमा पुर्यान २० वैशाखभित्रै पार्टी एकता संयोजन समिति बैठक बोलाउने दुई अध्यक्षबीच समझदारी भएको छ । एकता भड्काउने प्रयास हुने भएकाले पछिल्ला विकासक्रमबारे दुवै नेताले निकट नेताहरूलाई पनि खुलस्त जानकारी गराएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्