०८ असार २०८३, सोमबार

विद्यार्थी भर्ना अभियानको प्रभाव, विद्यालय पुगे दलित समुदायका बालबालिका

बैशाख १६, २०७५
विद्यार्थी भर्ना अभियानको प्रभाव, विद्यालय पुगे दलित समुदायका बालबालिका

महोत्तरी, १६ वैशाख- विद्यार्थी भर्ना अभियानको प्रभावले महोत्तरीका दलित समुदायका बालबालिका विद्यालयसम्म जान सक्षम भएका छन् । 

जिल्लाको गौशाला नगरपालिका–९ मुसलमान बस्तीका विद्यालय जाने उमेर समूहका बालबालिका अहिले नियमितरुपमा दुई किमीको दूरीमा रहेका नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नियमितरुपमा अध्ययन गर्दै आएका छन् । 

विद्यालयले विद्यार्थी भर्ना अभियानको क्रममा शिक्षक शिक्षिकालाई घरघरमै गएर बालबालिकालाई पढ्नका लागि उत्प्रेरणा जगाएपछि बालबालिका विद्यालयसम्म आउन सफल भएका हुन् । 

ससाना बालबालिका एकाबिहानै आँखा मिच्दै दुई किमीको पैदलयात्रा तय गरी पढ्नका लागि जाँदै गरेको स्थानीय सूर्यदेव महतोले बताउनुभयो । पहिले पहिले बस्तीका बालबालिका अरुको खेतमा गएर आमाबाबुसँग काम गथ्र्यो तर अहिले सो बस्तीका बालबालिका एकाबिहानै झोलामा कापी कलम लिएर विद्यालय जाँदै गरेको महतोले जानकारी दिनुभयो । 

यता विद्यालय भर्ना अभियानलाई सफल पार्नका लागि सो बस्ती पुगेकी हाम्रा सहकर्मी सुनिता महतोको अनुसार सर्वप्रथम टोलीलाई हेर्ने बित्तिकै बस्तीका बालबालिका घरमा गएर लुकेर बसेका थिए । पछि टोलीले अभिभावकसँग कुराकानी गर्दा उनीहरु बाहिर निस्केर पढ्नका लागि सहमत भएका महतोले बताइन । 

अभियानको भोलिपल्ट सो बस्तीका १० जना बालबालिका नजिकै रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कालिपुरमा भर्ना भएको विद्यालयका प्रधानाध्यापक देवनारायण महतोले जानकारी दिनुभयो । प्रधानाध्यापक महतोले सो समुदायका बालबालिकालाई तत्कालको लागि कापी, कलम वितरण गरेको र केहीदिनमै नयाँ किताब पनि दिइने तयारी भइरहेको बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्