०३ असार २०८३, बुधबार

अपांगको लागि मोबाइल एप्स बनाइयो, प्राइम कलेज प्रथम

बैशाख १७, २०७५
अपांगको लागि मोबाइल एप्स बनाइयो, प्राइम कलेज प्रथम

काठमाडौं, १७ वैशाख–अपाङ्गता  भएकाहरुले प्रयोग गर्न मिल्ने मोबाइल एप्स बनेको छ । 

अपांगहरुलाई लक्षित गर्दै मोबाइल एप्स प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा ‘प्राइम कलेज’ प्रथम भएको छ । 

आइतबार इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, ललितपुरको सूचना तथा संचार प्रविधि केन्द्रमा भएको ‘ह्याकाथन अन एसेसिबल एण्ड इन्क्लुसिभ आइसीटी फर पर्सन विथ डिसेबिलिटी’ नामक कार्यक्रममा अपाङ्गता भएका मानिसहरुलाई सूचना प्रविधिमैत्री बनाउने अवधारणामा विभिन्न कलेजका विद्यार्थीहरुले फरक फरक मोबाइल एप्लिकेसन बनाएका थिए । 

प्राइम कलेजको टिमले ‘मेरो साथी’ भन्ने मोबाइल एप्लिकेसन बनाएको थियो । प्राइम कलेजको बिआइएम आठौ सेमेस्टरमा पढ्ने प्रितिका सुयालले बोल्न नसक्ने मान्छेहरुको लागि मेरो साथी एप उपयुक्त हुने बताइन् । 
उनको टीमले प्रथम पुरस्कार स्वरूप पचासहजार पाएको थियो । 

न्यू समिट कलेजले दोस्रो र पुल्चोक इन्जिनियरिंङ कलेजको टीमले तेस्रो स्थान हात पारेका थिए । 

दोश्रो र तेश्रो हुने टीमलाई जनही तीस हजार र बीस हजार रकम पुरस्कार प्रदान गरिएको थियो । 

निर्णायक मण्डल सदस्यसमेत रहेका सूचना प्रविधी उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष मनोहर भट्टराईले लोकान्तरसँग छोटो कुराकानी गर्दै अपाङ्गता भोगीरहेका मान्छेहरुलाई पनि सूचना प्रविधिमा अभ्यस्त गराउनका लागि यस्ता कार्यक्रमहरु उपयुक्त हुने बताएका थिए । ‘आजकल समावेशिताको लहर चलेको छ, अहिलेको डिजिटल संसारमा अपाङ्गता भोगिरहेकाहरुलाई प्रविधिमैत्री बनाउन सकिएन भने उनीहरु स्वतः पछि पर्ने हुन्छ’, उनको भनाइ थियो । 

लर्न एसियाले आयोजना गरेको उक्त कार्यक्रमलाई फोर्ड फाउन्डेसनले आर्थिक सहायता गरेको थियो  । साथै संयुक्त राष्ट्रसंघले पनि अपाङ्गता सम्बन्धि विभिन्न कार्यक्रमहरुमा सहयोग गर्ने गरेको सेन्टर फर ल एण्ड टेक्नोलोजीका प्रमुख बाबुराम अर्याल बताउँछन् । कार्यक्रममा ‘लर्न एसिया’की प्रतिनिधिको रुपमा श्रीलंकाबाट लालिमा सेनानायका उपस्थित थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्