३२ असार २०८३, बिहीबार

बुद्धबारे गलत प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह

बैशाख १७, २०७५
बुद्धबारे गलत प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, १७ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मका प्रणेता गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् । 

दुई हजार ५६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्धजयन्ती समारोह समिति, आनन्दकुटी विहार स्वयम्भूद्वारा यहाँ आज आयोजित सार्वजनिक बौद्धसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कतिपय देशका विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको छ, त्यसो गर्नु राम्रो होइन, सच्याउनुपर्छ ।” 

उनले आज पनि गौतमबुद्धका विचार, शिक्षा र उपदेशको उत्तिकै महत्व छ, उत्तिकै उपयोगी रहेकाे बताए ।

अर्काे प्रसङ्गमा उनले धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा तर बलियो ढंगबाट जतिसक्दो चाँडो निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिए । समारोह समितिका महासचिव संघरत्न शाक्यले बुद्ध शिक्षाबारे विद्यालयस्तरको पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्