१४ असार २०८३, आइतबार

कांग्रेस निकट मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

बैशाख १७, २०७५
कांग्रेस निकट मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

काठमाडौँ, १७ वैशाख - नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा मोहम्मद निजामुद्दीन, उपाध्यक्षमा कौशर शाहलगायत नौ जना, महासचिवद्वयमा मुक्तार अहमद र रहमदुल्ला मियाँ सर्वसम्मत रुपमा चयन भएका छन्  । 

महाधिवेशनमा ४३ जिल्लाबाट ४०० भन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता थियो । 

संघले मुस्लिम संवैधानिक आयोग गठन गर्न, मद्रसा शिक्षाको सरकारी मान्यता तथा समकक्षता निर्धारण, मस्जिद, मद्रसा, इदगाह, कव्रास्थानलगायत सांस्कृतिक तथा धार्मिक स्थलको सरकारद्वारा संरक्षण र सम्बद्र्धन गर्न माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्