०९ असार २०८३, मंगलबार

बालविवाहविरुद्ध सयदिने अभियान आजबाट शुरु

बैशाख १८, २०७५
बालविवाहविरुद्ध सयदिने अभियान आजबाट शुरु
सन्दर्भ तस्वीर

काठमाडौं, १८ वैशाख– बालविवाह न्यूनीकरणका लागि यही वैशाख १८ गतेदेखि सयदिने अभियान शुरु हुने भएको छ । सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन)  र वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा आगामी साउन २३ गतेसम्म सो अभियान सञ्चालन हुने बताइएको छ । 

सिआइएनका प्रमुख दीपक आचार्यले अझै पनि नेपाली समाजमा हुँदै आएको बालविवाहविरुद्ध सञ्चारमाध्यमबाट विभिन्न व्यक्तिको प्रतिबद्धता र विचार प्रस्तुत गरिने बताउँदे भन्नुभयो, “हामी अभियान अवधिभर देशभरका दशौँ हजार व्यक्तिसम्म पुग्नेछौँ, सामुदायिक रेडियोहरूले विभिन्न ठाउँहरूबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल र जनताका  विचारहरू पनि प्रसारण गर्नेछन् ।’’

वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रतिनिधि पुष्कर खातीले अभियान कुनै आयोजना नभएर जनचेतना वृद्धि गर्दै बालविवाह नियन्त्रणमा सहयोग गर्ने हेतुले सञ्चालन गर्न लागिएको बताउनुभयो ।
    
युनिसेफको तथ्यांकअनुसार दक्षिण एशियामा बालविवाहको दर सबैभन्दा उच्च छ । हरेक दुईमध्ये एक बालिकाको विवाह १८ वर्ष नपुग्दै हुन्छ । सो तथ्यांकलाई  आधार मान्ने हो भने  एशियामा बङ्गलादेश, भारत र नेपाल बालविवाह हुने देशमा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा पर्छन् ।

सन् २०१७ अगष्ट १० मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने पाँचवर्षीय  अभियान पनि सञ्चालन भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्