०१ असार २०८३, सोमबार

कति छ चीनको सैन्य शक्ति ?

बैशाख २०, २०७५
कति छ चीनको सैन्य शक्ति ?

काठमाडौं, २० वैशाख – चीन संसारको दोस्रो ठूलो अर्थव्यवस्था हो । चिनियाँ सेना संसारकै शक्तिशाली सेनामध्ये एक हो । हालैका वर्षमा आफ्नो क्षेत्रभन्दा बाहिर निस्केर संसारको पहिलो महाशक्ति बन्ने धुनमा छ । 

चीनले विगत २५ वर्षमा आफ्नो रक्षा बजेट १० गुणा बढाएको छ । बेइजिङले शक्तिशाली जलसेना र अनेकौं लडाकू विमान बनाइरहेको छ । उसले शान्ति अपरेसनका साथ प्रयोग गरिरहेको छ । 

आक्रामक विदेशनीतिका साथ चिनियाँ सेनाले पश्चिम देशलाई पनि सतर्क गराएको छ । अमेरिकी नीतिनिर्माताहरू चिनियाँ सेनालाई वाशिङटनको प्रतिस्पर्धी मान्छन् । अमेरिकी सेनालाई टक्कर दिनसक्ने संसारको एकमात्र देश चीन भएको धेरैले मान्छन् । 

चिनियाँहरू सैन्य सुधार र आधुनिकीकरणको बाटोमा शीघ्रतापूर्वक अघि बढिरहेको छ जसले गर्दा एसिया र त्यहाँबाहिर अमेरिकी स्वार्थलाई अहित हुनसक्छ । संसारका अनेकौं देशमा सैन्य अड्डा बनाउने योजनामा काम गरिरहेको छ । 

रक्षामा गर्ने खर्चका विषयमा अमेरिका चीनभन्दा धेरै अघि छ । स्विडेनस्थित स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार, सन् २०१७ मा सेनामाथि सबभन्दा धेरै खर्च गर्ने देशमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा चीन छ । चीनले सैन्य खर्च बढाएर २४ लाख करोड रुपैयाँ पु–याएको छ । 

स्थल सेनाको कुरा गर्दा चीनसँग सबभन्दा ठूलो सेना छ । चीनसँग २३ लाख सशस्त्र सैनिक छ अनि पाँच लाख १० हजार रिजर्भ सैनिक पनि छ । अर्धसैनिक बलका रूपमा चीनसँग ६ लाख ६० हजार सैनिक छन् । चीनको तुलनामा अमेरिकासँग १४ लाख सक्रिय सैनिक छन् । 

चीनसँग संसारको ठूलो स्थल सेना भएपनि मोबिलिटीको समस्या छ । उससँग ट्रान्सपोर्ट हेलिकप्टरको कमी छ र अहिले पनि चीन यातायातका लागि ट्रेनमा निर्भर छ । चीनको स्थल सेनाले सीमाको सुरक्षा गर्ने जिम्मेवारी छ । चिनियाँ सेना २०२० सम्म आधुनिकीकरणको लक्ष्यमा अघि बढिरहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्