
अभिनेत्री सोनाम कपुरले यही महिनाको ८ तारिख अर्थात वैशाख २५ गते विवाह गर्न लागेकी छिन् । उनी प्रेमी आनन्द आहुजासँग लगनगाठो कस्दै छिन् । उनका विहे हुनुभन्दा एक हप्ता अघिनै बेहुली ड्रेसमा खिचेका तस्बिरहरु भाइरल भएका छन् ।
सोनामको बिहेमा श्रीदेवीकी छोरी जान्वी कपुरले उनकी आमाका चर्चित गीतहरुमा नृत्य प्रस्तुत गर्ने तयारी गरेकी छन् । भने सोनामका बाबु अनिल कपुरले पनि छोरीको बिहेमा विशेष कार्यक्रम गर्ने तयारी गरेका छन् । साथै साेनामका बहिनीहरूले साेनामका चर्चित गीतमा नृत्य गर्ने भएका छन् ।
उनको बिहेमा भारतीय सिने जगतका सबै कलाकरहरुको विशेष उपस्थिति हरने बताइएको छ । केही कलाकारहरूले विशेष कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।
उनको विहे मुम्बैमा हुने भएको छ । सोनामको बिहेपूर्व गरिने संगीत सेरेमोनीको कोरियोग्राफ पराह खानले गर्ने छिन भने, उनकाे बेहुली ड्रेसकाे डिजाइन अनामिकाले गर्ने भएकी छिन् । मेहेन्दीको कार्यक्रम ३५ करोडको अपान्र्टमेन्टमा तय भएको छ ।