१३ असार २०८३, शनिबार

यातायात व्यवसायीको दादागिरी, भन्छन्- गाडी चलाउँदैनाैं, सरकार के गर्छ हेरौं’

बैशाख २१, २०७५
यातायात व्यवसायीको दादागिरी, भन्छन्-   गाडी चलाउँदैनाैं, सरकार के गर्छ हेरौं’

काठमाडौं, २१ बैशाख- सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात ठप्प पारेका छन् ।

शुक्रबार सडकमा गुड्ने लामो तथा छोटो दुरीका अधिकांश यातायात गुडेका छैनन् । जसका कारण यात्रु मर्कामा परेका छन् ।

व्यवसायीहरुले भने यात्रुहरुले दु :ख पाइरहँदा सरकारले के गर्दोरहेछ हेर्छौं भन्ने अभिव्यक्ति दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात ठप्प भएको देख्दा सरकारले आफूहरुसँग समन्वय गर्नुेपर्ने बताएका छन् । 'हामीले बस चलाएका छै‌नाैैं त्यो सरकारले पनि देखेको हाेला' उनले भने ।

कर्माचार्यले भने, ‘यातायात ठप्प छन्, यात्रु विचल्लीमा छन्, तर हामी गाडी चलाउँन दिँदैनौं, सरकार के गर्छ हेरौं’


बेला बितेपछि तयारीमा सरकार
पूर्व घोषणा अनुरुप व्यवसायीले सवारी ठप्प पारेपछि सरकार यसको विरुद्धको तयारीमा जुटेको छ ।

यातायात व्यवस्था विभागका अनुसार कुन यातायात के गर्दैछन् भन्ने तथ्यांक संकलन तथा सरकारले लिने एक्सनबारे बल्ल छलफल हुँदैछ ।  विभागले बल्ल रुट परमिट लिएका यातायातको विवरण संकलन कार्य शुरु गर्नेगरी तयारी जानकारी दिएको छ । 


कुन रुटमा कति सवारी छन्, कति चले, कति चलेनन्, किन चलेनन् भन्ने तथ्याङ्क संकलन गर्ने रणनीतिमा लागेको यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीराम अर्यालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्