१३ असार २०८३, शनिबार

भारतमा महातूफानका कारण १२९ जनाको मृत्यु, कसरी आयो तूफान ?

बैशाख २१, २०७५
भारतमा महातूफानका कारण १२९ जनाको मृत्यु, कसरी आयो तूफान ?

काठमाडौं, २१ वैशाख – भारतमा बुधवार आएको महातूफानका कारण १२९ जनाको मृत्यु भइसकेको छ । मौसम विभागले तूफान आउने कुराको पूर्वानुमान गरेको भएपनि यति धेरै विनाशकारी होला भन्ने आशंका गरेको थिएन । 

आगामी ४८ घन्टासम्म उत्तर प्रदेश र राजस्थानका दश जिल्लामा खतरा रहेको मौसम विभागले चेतावनी जारी गरेको छ । 

मौसम विभागका अधिकारीहरूका अनुसार, उच्च तापक्रमका कारण उत्तर भारतमा तूफान र धूलोयुक्त आँधी सामान्य विषय हो । अधिकारीहरूले बुधवार तूफानलाई पश्चिमी विक्षोभ अर्थात् वेस्टर्न डिस्टर्बेन्सको साथ प्राप्त भएपछि
विनाशकारी क्षमताको वृद्धि भयो । अनि अस्थिर वातावरणका कारण तूफान शक्तिशाली भएर इलाकामा फैलियो । 

राजस्थानमा तूफानले जनजीवन अस्तव्यस्त बनाइदियो । धेरै मानिसको ज्यान गयो । कच्चा घरमा बस्ने कैयौं परिवार घरवारविहीन भए । 

तूफानको असर पञ्जाबमा पनि देखियो । किसानको फसल तूफानका कारण ध्वस्त भयो । 

आगराको शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा अधिक विनाश भएको छ । लगभग ९० मिनेटसम्म आँधी, बर्खा र असिनाका कारण कैयौं रुख उखेलिए । शहरी क्षेत्रमा घरका छत उडे । ताजमहल परिसरमा पनि दुईवटा रुख खसेको
सूचना छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्