×

NMB BANK
NIC ASIA

मेयर सीमाका पति भन्छन्–खुट्टा चिप्लेर फेवातालमा खसेकी थिइन्, आत्महत्या प्रयास भनिदिएछन्

बैशाख २१, २०७५

NTC
Premier Steels

काठमाडौं, २१ वैशाख– स्याङ्जा पुतलीवजारकी मेयर सीमा क्षेत्री ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनमा स्थानीय तहको भूमिका’ सम्बन्धी गोष्ठिमा सहभागि हुन कास्कीको पोखरा पुगेकी थिइन् ।

Muktinath Bank

कार्यक्रम सकिएपछि उनी अपरान्ह ४ बजेको समयमा फेवातालको पामे क्षेत्रमा घुम्न निस्किइन् । तालको किनारामा चिप्लेर उनी फेवातालमा खसिन् । उक्त दुर्घटनाका समयमा मेयर सीमाका साथमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्ल र उपमेयर महेश पुरीपनि साथ मै थिए । चिप्लिएर तालमा खसेकी मेयरलाई मल्ल र पुरीसहित नगरपालिकाको गाडीका चालक र विदेशी पर्यटकले उद्धार गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राति नौ बजेको समयमा एकाएक सीमाले फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेको भन्ने समाचार अनलाइन समाचार माध्यम  र सामाजिक सञ्जालमा छायो । यो खवरले सीमाको परिवारमा तनावमा पर्‍यो । 
 
के भन्छन् सीमाका पति ? 


Advertisment
Nabil box
Kumari

लोकान्तरको सम्पर्कमा आएका पति टेकबहादुर भुजेलका अनुसार सीमाले आत्महत्या प्रयास गरेकी थिइनन् ।

Vianet communication

शुक्रबार विहान ११ बजे सीमासँग टेलिफोन सम्पर्क गर्दा उनी नगरपालिकाको कार्यपालिका बैठकमा थिइन् । उनको मोबाइल फोन पति टेकबहादुरले उठाए ।  

‘सीमा अहिले नगरपालिकाको कार्यपालिका बैठकमा छिन्, मिडियामा आएका समाचारले हामीलाई तनाव दियो’ भुजेलले लोकान्तरसँग भने, ‘फेवा किनारामा हिँडिरहेको समयमा चिप्लेर पानीमा खसेकी रहिछन् । नियतवश नभइ दुर्घटनाबस भएको घटनालाई फरक ढंगले प्रस्तुत गरियो । 

घटना भएको केही घण्टामै सीमा पुतलीवजारस्थित निवासमा पुगेकी थिइन् । नगरपालिकाका कार्यकारी अधिकृत र उपमेयरले उनलाई घरमा छाडेका थिए । 

‘सीमालाई माइग्रेनको समस्या देखिएको हो, बाहिरप्रचार गरिएजस्तो डिप्रेसनको समस्या होइन’ भुजेलले भने, ‘काठमाडौंमा एक महिना बसेर माइग्रेनको उपचार गरेकी थिइन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x