
काठमाडौं, २१ वैशाख – भारतको प्रतिष्ठित नेसनल फिल्म अवार्ड समारोहमा सूचना तथा प्रसारण मन्त्री स्मृति इरानीको एउटा कानको झुम्का हराएको छ । समारोहका क्रममा उनको झुम्का झरेको थियो तर पछि त्यो भेटिएन ।
पुरस्कार वितरण समारोहका अनेकौं तस्वीर हेर्दा उनको दाहिने कानको झुम्का झरेको देखियो । यो थाहा पाएपछि एक ट्विटर प्रयोगकर्ताले स्मृतिलाई ट्वीट गरे, ‘यो कुरामा ध्यान दिएको भनी मलाई नराम्रो नठान्नुहोला तर तपाईंको एउटा झुम्का हराएजस्तो छ । पछि झुम्का भेटिने आशा गर्दछु ।’
यसलाई स्मृतिले रिट्वीट गर्दै लेखिन्, ‘भेटिएन ।’
समारोहमा श्रीदेवीलाई मम फिल्मका लागि सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार मरणोपरान्त दिइयो । श्रीदेवीकी छोरी जाह्नवीले आमाको सारी लगाएर पुरस्कार थापिन् ।
त्यस्तै विनोद खन्नालाई पनि मरणोपरान्त दादा साहेब फाल्के पुरस्कार दिइयो । उनका छोरा अक्षय खन्नाले पुरस्कार थापे ।
एजेन्सी