०९ असार २०८३, मंगलबार

२० करोड मानिसलाई प्रेमी दिलाउनेछ फेसबूकले, कसरी ?

बैशाख २१, २०७५
२० करोड मानिसलाई प्रेमी दिलाउनेछ फेसबूकले, कसरी ?

काठमाडौं, २१ वैशाख – आफ्ना २० करोड सिंगल प्रयोगकर्ताहरूलाई मद्देनजर गर्दै फेसबूकले छिट्टै एउटा डेटिङ एप ल्याउन लागेको छ । 

फेसबूकका संस्थापक मार्क जुकरबर्गले क्यालिफोर्नियामा आयोजित वार्षिक एफ८ सम्मेलनलाई सम्बोधन गर्दै भविष्यका योजनाका बारेमा बताए । त्यसमा फेसबूक डेटिङ एपको पनि चर्चा चल्यो । 

सम्मेलनलाई सम्बोधन गर्दै उनले जोडी मिलाउने फीचर बनाउँदा निजताको पूर्ण विचार गरिने र छिट्टै यसलाई सार्वजनिक गरिने बताए । 

अहिले फेसबूकमा २० करोडजनाले प्रोफाइलमा सिंगल लेखेको जानकारी दिए ।

‘हामीहरू वास्तवमै अर्थपूर्ण सम्बन्धका विषयमा संवेदनशील छौं भने यो एप हाम्रा लागि महत्त्वपूर्ण हुन्छ,’ उनले भने । 

अहिले डेटिङ एपका रूपमा युवाहरूमाझ टिन्डर लोकप्रिय छ । त्यसले प्रयोगकर्ताको प्रोफाइल जानकारी फेसबूकबाट लिन्छ । 

डेटिङ एपको चर्चा गर्दै जुकरबर्गले मानिसहरू मोजमस्तीका लागि भन्दा पनि साँचो र टिकाउ सम्बन्धका लागि यसमा जोडियून् भन्ने आफ्नो इच्छा रहेको बताए । 

निजताको सुरक्षामा कुनै चुक नहोस् भनी ध्यान दिइएको उनले बताए ।

सम्मेलनमा जुकरबर्गले झुटो समाचारबाट मुक्ति पाउन कम्पनीले गरिरहेको प्रयासको पनि चर्चा गरे । 

जुकरबर्गको यो घोषणाका सम्बन्धमा मिश्रित प्रतिक्रियाहरू आएका छन् ।

बीबीसीबाट 
 

salt training

कमेन्ट गर्नुहोस्