१३ असार २०८३, शनिबार

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ

बैशाख २१, २०७५
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ

काठमाडौं, २१ वैशाख– सिण्डिकेटको पक्षमा देशव्यापी आमहड्ताल आह्वान गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । 

सिटौलालाई काठमाडौंको भृकुटी मण्डपबाट पक्राउ गरिएको हो । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशभर यातायात सेवा ठप्प पार्ने यातायात समितिका पदाधिकारी र यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशन बमोजिम नै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलालाई पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख विश्वराज पाेखरेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्