०१ असार २०८३, सोमबार

बन्दमा उत्रिएका यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु

बैशाख २१, २०७५
बन्दमा उत्रिएका यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु

काठमाडौं, २१ बैशाख–सरकारले गाडी थन्क्याएर आन्दोलनमा उत्रेका यातयात व्यवसायीहरुको सम्पत्ति छानबिन शुरू गरेकाे छ । शुक्रबार गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर लगायतको संयुक्त बैठकले व्यवसायीहरुको विवरण संकलन गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेकाे हाे । 

शुक्रवारकाे बैठकमा यातायात समिति र समितिका पदाधिकारीकाे सम्पत्ति विवरणा शंकलन गरी  तत्काल सम्पत्ति शुद्धिकरणलाई लेखि पठाउने निर्णय समेत भएकाे छ ।  

बैठकले सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात समिति तथा समितिका पदाधिकारीहरको विवरण सम्पत्ति शुद्धिकरण विभागमा पठाइ सम्पत्ति छानबिनका लागि प्रक्रिया अघि बढाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । 

विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट समितिकाे नाममा रहेकाे चल अचल सम्पत्ति र व्यवसायीहरुको विवरण तत्काल संकलन गरी प्रक्रिया अघि बढाउने बताएको छ ।

बैठकले सार्वजनिक सवारी नचलाउन नेतृत्व गर्ने नेपाल यातायात राष्ट्रिय महासंघ सम्पूर्ण पदाधिकारी, सबै यातायात समितका सबै पदाधिकारी र समितिका नाममा रहेका सम्पूर्ण बैंक खाता रोक्का गर्ने समेत निर्णय गरेको छ ।  

यसका लागि यातायात व्यवस्था विभागले अर्थमन्त्रालयमार्फत राष्ट्र बैंकलाई सम्पूर्ण विबरण लेखी पठाउनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्