
काठमाडौं, २१ वैशाख – रोमाञ्चक यात्रा ड्राइभिङ गर्न धेरैलाई मन पर्छ होला । तर तपाईंलाई बोलिभियाको युंगास प्रान्तमा रहेको सडकमा गाडी चलाउन कसैले भन्यो भने दशचोटि सोच्नुहुन्छ होला ।
संसारको सबभन्दा खतरनाक सडकको लम्बाइ ६४ किलोमिटर छ । यो अत्यन्तै साँघुरो छ र चिप्लो पनि । गाडी चलाउँदा टायर तलतर्फ चिप्लिन्छन् । सिंगल लेन भएको सडकमा गाडीको टायर तलतिर चिप्लिन्छ । बल्लबल्ल ध्यानपूर्वक टायर ठीक ठाउँमा ल्याउनुपर्छ ।
टायर चिप्लेर गाडीहरू सयौं फीट तल खस्छन् । त्यहाँ गाडी दुर्घटनामा परी वार्षिक २०० व्यक्तिको ज्यान जान्छ ।
यो सडक समुद्रसतहभन्दा १५ हजार ४०० फीटको उचाइमा छ ।
एजेन्सी