१२ साउन २०८३, मंगलबार

नरेन्द्र मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने, भ्रमण कार्यक्रम सार्वजनिक

बैशाख २१, २०७५
नरेन्द्र मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने, भ्रमण कार्यक्रम सार्वजनिक
फाइल तस्बिर

काठमाडौं २१ वैशाख– परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपल भ्रमणको औपचारिक घोषणा गरेको छ । 

मन्त्रालयले शुक्रवार विज्ञप्ति प्रकाशित गरी मोदीले वैशाख २८ र २९ गते (११ र १२ मे)मा नेपाल भ्रमण गर्न लागेको जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा मोदीले नेपाल भ्रमण गर्न लागेका हुन् ।  

भ्रमणका क्रममा मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिकाले मोदीको नागरिक अभिनन्दन गर्ने छन् ।

वैशाख २८ गते (शुक्रवार) भारतको पटना हुँदै मोदी हेलिकप्टरबाट जनकपुर आउने छन् । मोदीले जानकी मन्दिरमा विशेष पूजा गर्ने छन् ।

सोही दिन उनी काठमाडौं आउने छन् । मोदीलाई काठमाडौंकोे सैनिक मञ्चमा विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिने कार्यक्रम छ । मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने छन् । 

आफ्नो कार्यकालमा तेस्रो पटक नेपाल आउन लागेका मोदी  यसपटक मुस्ताङको मुक्तिनाथ जाने छन् । भ्रमणको सुरक्षा व्यबस्था मिलाउन जनकपुर गएका गृहमन्त्री रामबहादुर थापाले मोदीको भ्रमण धार्मिक रहेको बताएका थिए । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र मोदीले अरुण तेस्रो आयोजनाको रिमोटबाट शिलन्यास गर्ने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमण पूरा गरेर मोदी २९ गते (शनिवार) स्वदेश फर्किने छन् । मोदीको भ्रमणको दिन प्रदेश नम्बर २ मा सार्वजनिक विबाद घोषण भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्