२२ जेठ २०८३, शुक्रबार

थुनामा रहेका सांसद निलम्बन गर्न एमालेको संशोधन

बैशाख २६, २०७५
थुनामा रहेका सांसद निलम्बन गर्न एमालेको संशोधन

काठमाडौं, २६ बैशाख -फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बनको व्यवस्था थप गर्न माग गर्दै नेकपा एमालेले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन दर्ता गरेको छ । 
संसदीय दलका पदाधिकारी तथा मस्यौदा समिति सभापतिसँग परामर्शपछि एमालेका तीन जना सांसदले नियमावलीमाथि संशोधन दर्ता गराएका हुन् । 
एमालेका सांसदत्रय भैरवबहादुर सिंह, नरबहादुर धामी र दामोदर भण्डारीले नियमावलीमा संशोधन दर्ता गराएका हुन् ।  आजको गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्