२२ जेठ २०८३, शुक्रबार

चाँदीभन्दा महंगो भयो भेनिला वनस्पति, आइसक्रीम महंगिने

बैशाख २६, २०७५
चाँदीभन्दा महंगो भयो भेनिला वनस्पति, आइसक्रीम महंगिने

काठमाडौं, २६ वैशाख – आइसक्रीम किन्दाखेरी तपाईंले भेनिला फ्लेभरको विकल्प देख्नुभएको होला । विगत दुई वर्षमा भेनिलाको मूल्य लगातार बढिरहेको छ । 

बेलायती बजारमा यसको मूल्य प्रतिकिलो ६०० डलर पुगेको छ । नेपाली मुद्रामा एक किलो भेनिला किन्दा ६४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

नेपालमा यतिखेर चाँदीको मूल्य ५६ हजार ८२१ रुपैयाँ प्रतिकिलो छ । 

भेनिलाको मूल्य बढ्दा आइसक्रीम व्यापार गर्नेहरू काँप्न थालेका छन् । 

बेलायतको स्नगबरी आइसक्रीम कम्पनी प्रत्येक हप्ता पाँच टन आइसक्रीम बनाउँछ । उसको ४० फ्लेभरमध्ये एक तिहाइमा कुनै न कुनै रूपमा भेनिला प्रयोग हुन्छ । 

अघिल्ला वर्षहरूमा यो कम्पनीले जुन मूल्यमा भेनिला किन्थ्यो, आज तीस गुणाभन्दा बढी मूल्य उसले चुकाउनुपरेको छ । 

बेलायतको एक कम्पनीले त भेनिला फ्लेभरको आइसक्रीम बनाउनै छोडेको छ । 

भेनिलाको बिरुवाको ७५ प्रतिशत उत्पादन उष्णकटिबन्धीय क्षेत्रमा रहेको म्याडागास्कर द्वीपमा हुन्छ । 

गत मार्च महिनामा म्याडागास्करमा चक्रवातीय तूफान आएर भेनिलाको बिरुवा नष्ट भएपछि मूल्य बढेको छ । 

पछि मूल्य घट्ला भन्ने अपेक्षा थियो तर चर्को मागका कारण मूल्य बढेको बढ्यै छ । 

केसरपछि संसारको दोस्रो सबभन्दा महंगो बिरुवा हो ।

कमोडिटी मार्केटविज्ञ जुलियन गेलका अनुसार, म्याडागास्करबाहेक पपुआ न्यू गिनी, भारत र युगान्डामा यसको खेती हुन्छ । 

संसारभरि यसको माग छ । अमेरिकाको ठूलो आइसक्रीम उद्योगका कारण धेरै भेनिला खपत हुन्छ । 

आइसक्रीम मात्र नभई भेनिलाको प्रयोग मिठाइ र रक्सी अनि पर्फ्युममा पनि प्रयोग हुन्छ । 

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्