काठमाडौं, २६ वैशाख – बलिउडमा रणवीर कपूर र आलिया भट्टबीचको अफेयरको चर्चा चलिरहेको छ । दुवै अहिले फिल्म ब्रह्मास्त्रमा सँगै काम गरिरहेका छन् अनि सार्वजनिक समारोहमा पनि सँगै देखिन्छन् ।
हालै सोनम कपूरको बिहेको प्रीतिभोजमा पनि आलिया र रणवीर सँगसँगै पुगे र मिडियालाई पोज दिए ।
प्रीतिभोजमा बलिउडका ठूला स्टारहरू थिए अनि दुलाहा र दुलही नै थिए । तर सबैको नजर रणवीर र आलियामाथि थियो ।
दुवैजनाको तस्वीर सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ । अर्को भिडियोमा आलियाले रणवीरका दिदीहरू करिश्मा र करीनासँग घुलमिल गरेको देखिन्थ्यो । त्यसमा प्रयोगकर्ताहरूले आलिया अब करिश्मा–करीनाको बुहारी बन्न लागेको हो कि भनी टिप्पणी गरे ।
The best of the bride brigade.@aliaa08, #KarismaKapoor and #KareenaKapoorKhan at the reception. #SonamKiShaadi #EverydayPhenomenal #SonamAnandReception pic.twitter.com/rYrVkfmwMa
— Filmfare (@filmfare) May 8, 2018