१० साउन २०८३, आइतबार

मोदीलाई संस्कृत भाषामा पनि अभिनन्दन गर्ने तयारी, यस्तो छ अभिनन्दन पत्र

बैशाख २६, २०७५
मोदीलाई संस्कृत भाषामा पनि अभिनन्दन गर्ने तयारी, यस्तो छ अभिनन्दन पत्र

जनकपुरधाम, २६ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संस्कृत भाषामा पनि अभिनन्दन गर्ने तयारी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस महोत्तरी मटीहानीको याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राध्यापकहरूले मोदीलाई संस्कृत भाषामै अभिनन्दन गर्ने तयारी गरेका छन् ।

उक्त विद्यापीठका उपप्राध्यापक गोवन्दप्रसाद दाहालले मोदीलाई अभिनन्दन गर्न संस्कृत भाषामै लेखिएको अभिनन्दनपत्र तयार पारिएको बताए । दाहालका अनुसार क्याम्पसका संस्कृत विषयका प्राधायापकहरू बसेर संस्कृत भाषामा अभिनन्दन गर्दा पूरा विश्वमा नै संस्कृत भाषाको प्रचार–प्रसार हुने तथा यस क्षेत्रको धार्मिक पर्यटनमा समेत अभिवृद्धि हुने आसयका साथ अभिनन्दन पत्र तयार गरिएको हो ।

यद्यपि उनले त्यो अभिनन्दन मोदीलाई गर्न सक्नेछन् वा छैनन् त्यसको टुंगो भने लाग्न सकेको छैन । त्यसका लागि उनले जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास वैष्णव, प्रदेश सरकार र स्थानीय सरकारसँग समेत छलफल गरिरहेका छन् ।

यस्तो छ अभिनन्दनको नेपाली भावानुवाद

हिमालय पर्वतबाट समुद्रसम्म फैलिएको भारत भूमिको महिमा बैदिक कालदेखि नै महर्षिहरूद्वारा बारम्बार गाइएको छ । राजनैतिक रूपले दुई राष्ट्रमा विभक्त भएता पनि यो भूमि भौगोलिक, सामाजिक र सांस्कृतिक रूपले अभिन्न देखिन्छ । यो देवभूमि महर्षिहरूको, देवताहरूको जन्म र तपस्याद्वारा धन्यधन्य छ ।

जनक, जानकी, गौतम बुद्ध आदिको जन्म र कर्मबाट अलंकृत भाषाको नेपाल भूमि धार्मिक दृष्टिले र ऐतिहासिक दृष्टिले पनि तीर्थ भूमि हो ।

श्री रामचन्द्रको जन्मस्थल भूमि भारतबाट सम्माननीय प्रधानमन्त्री अहिले जानकीको जन्मभूमि दर्शनका लागि यहाँ पाल्नुभएको छ । यो हामी नेपलवासीहरूका लागि अत्यन्त ठूलो हर्षको विषय हो ।

प्रमज्यूको यो भ्रमणबाट दुई राष्टबीचको सुमधुर सम्बन्ध अझ सुदृढ हुने हामीले अपेक्षा गरेका छौं । जनकपुर, पाशुपत क्षेत्र र मुक्ति क्षेत्र जस्ता पवित्र तीर्थस्थलहरूको दर्शनका लागि पाल्नुभएका भारतीय प्रमप्रति हामी स्वागत र अभिनन्दन प्रकट गर्दछौं ।

salt training

कमेन्ट गर्नुहोस्