२८ जेठ २०८३, बिहीबार

कानून क्षेत्रमा काम गर्ने कर्मचारीको अभाव

बैशाख २६, २०७५
कानून क्षेत्रमा काम गर्ने कर्मचारीको अभाव

काठमाडौँ, २६ वैशाख– कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले कानुन क्षेत्रमा जनशक्ति अभाव भएको बताएका छन् । 

कानुन दिवसका अवसरमा ल्यानकाउ नेपालले आज यहाँ आयोजना गरेको ‘सामाजिक न्यायको लागि कानुन सहायक तथा सरोकारवालासँगको छलफल’मा उनले गाउँगाउँमा कानुन स्वयम्सेवक खटाउनुपर्ने हुँदा जनशक्तिको अभाव रहेको बताएका हुन् । “कानुनको ज्ञान विद्यालय क्षेत्रबाट दिन आवश्यक छ,”– उनले भने । 

मन्त्री तामाङले अदालतमा काम गर्ने सहयोगी कर्मचारीको समेत अभाव रहेको भन्दै कानुन सहायकका लागि ऐन नै बनाएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे । नेपालभर १९ उच्च माध्यामिक तहले प्लस टुमा कानुन पढाउन स्वीकृत लिएको भन्दै अब कानुन सहायक पाउन सहज हुने उनको भनाइ थियो । 

नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले नेपालमा १७ हजार कानुन व्यवसायी भएपनि पर्याप्त नभएको भन्दै काुनन सहायकका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । 

उनले हरेक गाउँमा कानुन सहायक आवश्यक रहेको भन्दै कानुन सहायक राख्न बार एशोसियशनले ल्यानकाउ नेपाललसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले वकीलको काम अदालतमा बहस गर्ने र कानुन सहायकको काम कानुनसम्बन्धी आवश्यक परामर्श तथा कागजात तयार गर्ने भएकाले सरकारले कानुन सहायकलाई वैधानिकता दिनुपर्ने विचार व्यक्त गरे । 

ल्यानकाउ नेपालका कार्यकारी निर्देशक आकाश बागचनले मुलुकको कतिपय स्थानमा अझैपनि जनताले न्याय पाउन नसकेको बताउँदै न्याय नपाएका सुदूरपश्चिमका नौ जिल्लामा ल्यानकाउ नेपालले कानुन सहायकका रुपमा दलित वस्तीमा काम गरिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्