२२ जेठ २०८३, शुक्रबार

३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका ३० मध्ये २९ जनाले बयान फेरे

बैशाख २७, २०७५
३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका ३० मध्ये २९ जनाले बयान फेरे

मोरङ, २७ बैशाख -साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका ३० जनामध्ये २९ जनाले बयान फेरेका छन् । शाक्यको हत्या र सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिमा दिएको भन्दा फरक बयान उनीहरूले जिल्ला अदालत मोरङमा दिएका हुन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा पाँच दिन लगाएर बयान सकिएको हो । कृष्ण भनिने नरेन्द्र कार्कीबाहेक सबैले बयान फेरेका हुन् ।

यो प्रकरणमा अधिकांशले जिल्ला अदालतमा बयान फेर्ने छानबिन समितिको अनुमान थियो । पक्राउ परेका बहालवाला प्रहरी जवान विष्णुबहादुर खड्का र भरिया कृष्ण भन्ने नरेन्द्र कार्की र थाई एयरवेजका टेक्निसियन हेल्पर संवीरप्रसाद तोलाङ्गेले भने बयान नफेर्नेमा सरकारी वलिक तथा प्रहरी ढुक्क प्रायः थियो । सोही विश्वासमा अभियोग दर्ताका क्रममा नै उनीहरूको हकमा अदालतसमक्ष साबिक बयान दिए, सजायमा ५० प्रतिशत छुटको माग समेत गरिएको थियो । तर, कार्कीबाहेक अन्य दुईले पनि बयान फेरेका छन्, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्