१८ असार २०८३, बिहीबार

मोदीको स्वागतका लागि तयारी तीव्र, सुरक्षा निकाय ‘हाइ एलर्ट’मा

बैशाख २७, २०७५
मोदीको स्वागतका लागि तयारी तीव्र, सुरक्षा निकाय ‘हाइ एलर्ट’मा

काठमाडौं, २७ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबारबाट हुने दुईदिने भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । मोदी जाने स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने उनको स्वागतका लागि तयारी तीव्र छ । 

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन ६ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । सुरक्षा निकायका सबै अंगलाई ‘हाइ एलर्ट’ राखिएको छ ।

उता मुस्ताङमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाका सीमा नाकामा पदयात्रीलाई शुक्रबार र शनिबार आवतजावतमा रोक लगाइएको छ भने मुक्तिनाथ मन्दिर प्रवेशमा पनि रोक लगाइएको छ । 

भ्रमणका क्रममा मोदीको व्यस्तता पनि त्यत्तिकै रहने छ । निकै व्यस्त भ्रमण तालिकासहित प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट उनको दुई दिने भ्रमण शुरु हुन लागेको हो ।  मोदीले शुक्रबार जनकपुरमा दुई घण्टा बिताउने छन् । 
मोदीले जानकी मन्दिरमा पूजापाठ, रामायण सर्किटको उद्घाटन र जनकपुर–अयोध्या बस सेवा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्ने तय भएको छ । 

भारतबाट सीधै जनकपुर आउने भारतीय प्रधानमन्त्री मोदीलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गर्नेछन् । 

भारतीय वायुसेनाका तीनवटा हेलिकप्टरमा मोदी र उनको टिम शुक्रबार बिहान १० बजेतिर जनकपुर अवतरण गर्ने कार्यतालिका छ । मोदीको कारगेड आउने विमानस्थलदेखि जानकी मन्दिर र रंगभूमि मैदानसम्मको सडक कालोपत्रे गरिनुका साथै सिँगारिएको छ । 

मोदीको कारगेड गुड्ने सडकछेउका घरहरूमा कलश राख्न प्रदेश सरकारले अपिल पनि गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्