
काठमाडौं, २७ वैशाख – व्यस्त जीवनमा आराम अत्यन्त आवश्यक हुन्छ । चिकित्सकको सल्लाहअनुसार थकाइ हटाउनका लागि सबैले सात घन्टा अवश्य सुत्नुपर्छ ।
यसो गर्दा दिनभरि शरीर स्वस्थ रहन्छ र मस्तिष्कले सही तरिकाले काम गर्छ । तर सात घन्टा सुतेपनि थाकेको जस्तो हुन्छ भने यसका विभिन्न कारण हुन सक्छन् : दीर्घकालीन रोग, खराब भोजन, अनियमित दिनचर्या, थाइरोइड, शरीरमा अत्यधिक एसिड निर्माण आदि । यहाँ हामीले बताएको उपाय अपनाउनुभयो भने दिनभरि फुर्तिलो अनुभव गर्न सक्नुहुनेछ ।
शरीरमा पानीको कमी हुँदा दिनभरि थकाइ लागेको अनुभव हुन्छ । त्यसैले दिनमा अत्यधिक पानी पिउनुस् ।
तातो पानीको बोतलले शरीर सेक्नुस् ।
कमजोरी वा थकान अनुभव भएमा चकलेट खानुस् । यसले शरीरमा तत्काल ऊर्जा दिन्छ । कोकोले तनाव पनि कम गर्छ ।
समयमा नसुत्ने र कम सुत्ने गर्दा पनि बिहानबिहानै थकाइ लाग्छ । त्यसैले समयमै सुत्ने र उठ्ने गर्नुस् ।
बिहानबिहान चिसो पानीले नुहाउनुस् । यसले रक्तसञ्चार ठीक हुन्छ र तपाईं पूरा दिन ताजा हुनुहुन्छ ।
बिहान छिट्टो उठेर व्यायाम गर्नुस् । बिहान डुल्दाखेरी स्वास्थ्यलाई फाइदा पुग्छ । यसले दिनभरि शरीर ऊर्जाशील बन्छ ।
थकाइ हटाउनका लागि तात्तातो चिया राम्रो उपाय हो । खासगरी तुलसीका पत्तीहरूको चिया बनाएर पिउनुस् ।
बिहानको नाश्तामा ताजा फलको जुस पिउनुस् । यसले गर्दा थकान कम लाग्छ र शरीरमा ऊर्जा बन्छ । अनि कागती पिउँदा पनि थकाइ लाग्न पाउँदैन ।
थकाइ अनुभव हुँदा हात र गोडा मालिश गराउनुस् । यसले मांसपेशीलाई आराम पुग्छ र शरीर फुर्तिलो बन्छ ।
आफ्नो आहारमा सागपात र रामतोरिया लगायत समावेश गर्नुस् । रगतको कमी र हेमोग्लोबिनको स्तर घट्दा पनि शरीर दिनभरि थाकेको जस्तो हुन्छ ।
एजेन्सी