
म्याड्रिड,२७ बैशाख– प्रवासी नेपाली मञ्च स्पेनले नेपाली राजदूत भरतबहादुर रायमाझीलाई ध्यानकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ ।
मञ्चले म्याड्रिडस्थित राजदुतलाई कुटनीतिक नियोगको सुरक्षा लगायतका दृष्टिकोणले सुरक्षित स्थानमा राख्नु पर्ने अन्य राष्ट्रहरुको जस्तै नेपाली राजदताबासलाई ब्यवस्थित गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
स्पेनबासी नेपालीहरुको ब्यापक जनगुनासो आएपछि प्रवासी नेपाली मञ्च स्पेनले नेपाली राजदूत भरतबहादुर रायमाझीलाई ज्ञापनपत्र बुझाएको हो ।
मञ्चका पदाधिकारीहरुको टोलीका एक सदस्यल भने ’राजदुत रायमाझीले स्पेन आएको चार महिना सम्म कार्यालय खोल्न सकेका थिएनन् ।’ नेपाल सरकारले नेपालीहरुको समस्या समाधानका निम्ति राजदूत पठाएको भएपनि भाषागत अनविज्ञताका कारण राजदूत समस्या परेका थिए । र, केही सिमित व्यक्तिसंग मात्र मिलेर काम गर्ने गरेका थिए ।
नेपाल सरकारले ७४ माघमा स्पेनका लागि प्रथम राजदूत भरत बहादुर रायमाझीलाई स्पेन पठाएको थियो । राजदूत रायमाझीको आगमन पश्चात कार्यालय संञ्चालनमा आउने आशा गरेका नेपालीहरु चार महिनापछि गत हप्ताबाट राजदूतको निजी निवासलाई भनेर २७ सय पचास युरोमा लिईएको घरको एउटा कोठाबाट कार्यालय संञ्चालन गरेकोमा राजदूतका नजिकका विश्वासपात्रले नाम नबताउने शर्तमा आश्चार्य चकित मान्दै बताएका छन् ।
नेकपा एमालेको जनवर्गीय संगठन प्रवासी नेपाली मञ्चले राजदूतलाई नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै सबैलाई उपयुक्त हुने स्थानमा राखिनु पर्ने, बालमैत्री कार्यालय हुनुपर्ने,अपाङ्ग मैत्री कार्यालय हुनुपर्ने,नेपालीहरुको बाक्लो बस्ती भएका ठाउमा घुम्ती सेवा प्रदान गर्नुपर्ने,परिवार पुर्नमिलनमा आई परेका समस्याहरु लगायत दश बुदे मागलार्ई कुटनीतिक तरिकाबाट समाधान गर्न समेत ज्ञापनपत्र मार्पmत ध्यानर्कषण गरेको छ ।
म्याड्रिडबासी नेपालीहरु भन्छन् आफ्नो मनोमानी ढंगले नेपाली दुताबास म्याड्रिको मुख्य शहर भन्दा करिब पा“च किलो मिटर भित्र कुनामा निजि निवासलाई लिइएको भवनबाट काम संञ्चालन गरेकोमा रोष ब्यक्त गरेका छन् ।
त्यस्तै विना सल्लाह आदेशबाट मात्र कार्यालय चलाउन खोज्दा अहिलेसम्म कामले गति लिन सकेको नसकेको स्पेनमा रहेका नेपालीले आरोप लगाएका छन् । स्थानीय कर्मचारी भर्ना गर्न बजेट विनियोजन भएर आएको भएता पनि कर्मचारी भर्ना अहिलेसम्म हुन सकेको छैन ।
नेपालीहरुमाथि भैपरी आउने समस्या,नेपालीहरुको तथ्याङ्क संकलन गर्नका लागि राजदुताबासलाई सवारी खरिद गर्न एक करोड रुपैया एक महिना अघि विनियोजन भएर आएको रकम समेत फ्रिज हुने अवस्थामा पुगेको छ ।
राजदूत रायमाझि संग यस विषयमा प्रतिकृया लिन खोज्दा उनीसंग समपर्क हुन सकेन ।
राजदूताबासका प्रथम सचिव हरिहरकान्त पौडेलले यस विषयमा आफुले बोल्न नमिल्ने बताए । उनले राजदूतसंग नै कुराकानी गर्न आग्रह गरे । ’स्पेन आएको म एक महिना भयो अहिले सम्म कर्मचारीको न्युनतम एउटा टेबल र कम्पुटर समेत आफुले नपाएकोमा गुनासो गरे ।’ रादुताबासमा अपाङ्ग पर्यटन आएमा आफ्नो हुईल चेयर बोकेर लैजान पर्ने अवस्थामा कार्यालय रहेको छ ।
दीपेन्द्र गजुरेल, स्पेन