२२ जेठ २०८३, शुक्रबार

टिप्परको ठक्करबाट विद्यार्थीको मृत्यु

बैशाख २७, २०७५
टिप्परको ठक्करबाट विद्यार्थीको मृत्यु

उदयपुर, २७ वैशाख- गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत रौतामाई–५ स्थित कालीमाटीमा आज टिप्परको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय कालिका माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत ११ वर्षीय निगम राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुनकोशी नदीबाट गिटी बोकेर खोटाङतर्फ जाँदै गरेको ना ३ ख ८५७४ नं. को टिपरले सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्