२८ जेठ २०८३, बिहीबार

प्रचण्ड भन्छन्, ‘पार्टी एकता छिट्टै हुन्छ’

बैशाख २७, २०७५
प्रचण्ड भन्छन्, ‘पार्टी एकता छिट्टै हुन्छ’

बर्दिवास, २७ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताएका छन् । 

वामपन्थी नेता स्व निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उनले भने, “हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच चाँडै एकता हुनेछ ।” 

अध्यक्ष प्रचण्डले “एकतामा संसय नपाल्नुहोस्, हामी दरिलो र दिगो एकीकरणका लागि राम्ररी मन माझेर एकता प्रक्रिया अघि बढाइ रहेका छौं” भन्दै एकीकरणका लागि अब कुनै खास विषयमा अड्चन नरहेको बताए । 

नेकपा एमालेका नेता माधवकुमार नेपालले यो वा त्यो तपसिलका कुरा निकालेर एकीकरणमा हुने ढिलाई कार्यकर्तालाई सैह्य नहुने उल्लेख गर्दै बखेडा कहाँ छ ? केपी ओलीमा कि प्रचण्डमा ? स्पष्ट भन्नुपर्ने बताए । 

“केपी ओलीमा भए खोलेर भन्नुहोस्, हामी ठीक पार्छौं, होइन भने तपाइँमा मनको संसय भए त्यो धेरै केलाएर एकतामा ढिलाइ नगर्नुहोस्,” उनले भने । 

नेता नेपालले अहिलेको सरकार चुनौतीका बीच केही गर्नैपर्ने संकल्पका साथ अघि बढेको बताउँदै अब पनि समृद्धि र विकासको रथ अघि नबढे कम्युनिष्ट पनि जनताको नजरबाट गिर्ने हुँदा सरकार, प्रदेश सरकार, स्थानीय सरकार र पार्टी कार्यकर्ता सोहि अनुरुप अघि बढ्नुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्