२८ जेठ २०८३, बिहीबार

ट्रम्प–किम वार्ताका लागि सिंगापुर नै किन छानियो ?

बैशाख २८, २०७५
ट्रम्प–किम वार्ताका लागि सिंगापुर नै किन छानियो ?

काठमाडौं, २८ वैशाख – अत्याधुनिक र सुरक्षित मानिने सिंगापुरलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच हुने ऐतिहासिक बैठकका लागि छानिएको छ ।

ट्रम्पले बिहीवार यसको पुष्टि गरेका हुन् । जुन महिनाको १२ तारिखमा यो बैठक हुने भएको हो । 

ट्रम्पले ट्वीट गरे, ‘हामी दुवै यो अवसरलाई संसारको शान्तिका लागि विशेष क्षण बनाउने कोशिश गर्नेछौं ।’ सिंगापुरले पनि यो बैठकको आतिथ्य पुष्टि गरेको छ तर यसको विशेष जानकारी प्राप्त भएको छैन । 

विशेषज्ञहरूका अनुसार, दक्षिणपूर्वी एसियाको आर्थिक केन्द्र मानिने सिंगापुरलाई उसको तटस्थता, कडा सुरक्षा व्यवस्था र अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आतिथ्यको इतिहास हेरेर छानिएको हो । सिंगापुर एसियाकै सबभन्दा सुरक्षित शहरमध्ये एक हो । 

सिंगापुरमा मिडिया र सार्वजनिक सम्मेलनमा कडा प्रतिबन्ध लगाइएको छ । यो नियन्त्रित वातावरण उत्तर कोरियालीहरूका लागि अनुकूल मानिएको छ । अनि सिंगापुरको वाशिङटन र प्योङयाङ दुवैका साथ मित्रवत कूटनीतिक सम्बन्ध छ । 

सिंगापुर अमेरिकालाई निकट सहयोगी मान्छ भने सिंगापुरमा उत्तर कोरियाको पूर्णरूपमा सञ्चालित दूतावास पनि छ । 

अघिल्लो वर्ष उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएपछि सिंगापुर र उत्तर कोरियाको सम्बन्ध बिग्रेको भएपनि दुई देशबीत सहयोगको लामो इतिहास छ । प्योङयाङमा पहिलो फास्टफूड रेस्टुराँ र ल फर्म सिंगापुरीहरूले नै शुरु गरेका थिए । 

सिंगापुरको ईस्ट एसिया इन्स्टिच्युटको नेसनल विश्वविद्यालयमा सहायक रिसर्च फेलो लिम ताइ वेइले भने, ‘तटस्थ देशका रूपमा सिंगापुरको विदेशनीति प्रशंसनीय छ । यो सानो देश हो जसको कुनै अन्य देशको हितलाई हानि गर्ने क्षमता छैन । त्यसैले सिंगापुर यो बैठकका लागि फिट छ ।’

सिंगापुरले अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यको राम्रो इतिहास छ । सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र तत्कालीन ताइवानी राष्ट्रपति मा यिङ जेओबीच बैठकको आतिथ्य पनि सिंगापुरले नै गरेको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्