
काभ्रे, २८ वैशाख– पूर्व युवराज पारस शाह पूजा अर्चनाका लागि पलाञ्चोक भगवती मन्दिर पुगेका छन् ।
शुक्रबार विहान ९ बजे पारस काभ्रेको पलाञ्चोक पुगेर पूजा अर्चना गरेका छन् । ९ बजे प्रारम्भ भएको पूजा आधा घण्टासम्म चलेको थियो ।
पारसलाई देख्नेहरुले शुरुमा पत्ता नपाएपनि केही क्षणमा पारस शाह आएको हल्ला चलेसँगै सर्वसाधारणको भीड लागेको छ ।
पूजा अर्चनासकिएपछि पासरसँग सेल्फि खिच्ने सर्वसाधरणको भीड लागेको थियो ।
पूजा र मन्दिरमा सर्वसाधरणको फोटोसेसनपछि पारसले स्थानीय एक पसलमा चिसो र चाउचाउ खाएका थिए ।
त्यसक्रममा त्यहाँ उपस्थित भएका सर्वसाधरणसँग कुराकानी गरेका थिए । पारसले धर्म र संस्कृती जागरणको लागि र धर्म र संस्कृतिको सुरक्षा बुझ्न र सम्झिनु आफ्नो कर्तब्य हो भन्ने ठानेर अगाडि बढेको बताएका थिए ।
पछिल्ला केही हप्तादेखि पारस मठमन्दिर र शक्तिपीठको पूजा अर्चनामा व्यस्त छन् ।