०१ असार २०८३, सोमबार

मोदीले जानकी मन्दिरमा गरे षोडशोपचार पूजा, के हो विधि ?

बैशाख २८, २०७५
मोदीले जानकी मन्दिरमा गरे षोडशोपचार पूजा, के हो विधि ?

काठमाडौं, २८ वैशाख –नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार जनकपुरस्थित जानकी मन्दिरमा षोडशोपचार पूजा गरेका छन् । 

देवीदेवताको पूजाका तरिकाहरू फरक फरक छन् र षोडशोपचार पूजा विधिलाई पूर्ण मानिन्छ ।

यसमा ध्यान–आह्वान, आसन, पाद्य (जल), अर्घ्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवीत (जनै), गन्धाक्षत (टीका अक्षता), पुष्प, धूप, दीप, नैवेद्य, ताम्बुल (पान) दक्षिणा जल आरती, मन्त्र पुष्पाञ्जलि र प्रदक्षिणा नमस्कार स्तुति पर्दछन् ।

यो सबै विधि पूरा गर्नका लागि लगभग डेढ घन्टा लाग्छ । तर मोदी जनकपुर अवतरण गर्न ढिलाइ भएकाले यस पूजालाई आधा घन्टामा छोट्ट्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्