
जनकपुरधाम, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च रहेको बताएका छन् ।
जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गरेपछि विशेष सभालाई सम्बोधन गर्दै मोदीले नेपालविना भारत अपुरो हुने बताएका हुन् । उनले आफू प्रधानमन्त्री भन्दा पनि दर्शनार्थीको रूपमा नेपाल आएको बताए । उनले नेपाल पवित्रभूमि रहेको दोहार्याए ।
मोदीले गौतम बुद्ध नेपालमा जन्मिएको पनि भन्न भ्याए । यसअघि २०७१ सालमा नेपालको संसदलाई सम्बोधन गर्दा पनि मोदीले नेपाललाई बुद्धभूमि भनेका थिए ।