०९ साउन २०८३, शनिबार

'नाकाबन्दी भुलेका छैनौं' भन्दै विवेकशील साझाले कार्यालयमा राखेको ब्यानर प्रहरीले च्यात्यो !

बैशाख २८, २०७५
'नाकाबन्दी भुलेका छैनौं' भन्दै विवेकशील साझाले कार्यालयमा राखेको ब्यानर प्रहरीले च्यात्यो !

काठमाडौं, २८ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै विवेकशील साझा पार्टीले ललितपुरको बखुण्डोलस्थित आफ्नो कार्यालयमा राखेको ब्यानर प्रहरीले च्यातचुत पारेर लगेको छ ।

'मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं,' लेखिएको ब्यानर प्रहरीले शुक्रबार च्यातेर लगेको हो ।

मोदी आफ्नो २ दिने राजकीय भ्रमणका लागि जनकपुर हुँदै काठमाडौं आइपुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्