२४ असार २०८३, बुधबार

जनकपुरको कार्यक्रम सकाएर मोदी काठमाडौंमा, परराष्ट्रमन्त्री ज्ञवालीले गरे स्वागत

बैशाख २८, २०७५
जनकपुरको कार्यक्रम सकाएर मोदी काठमाडौंमा, परराष्ट्रमन्त्री ज्ञवालीले गरे स्वागत
मोदी विमानबाट ओर्लने क्रममा स्वागत गर्दै भारतीय राजदूत मञ्जीभ सिंह पुरी

काठमाडौं, २८ वैशाख– नेपालको २ दिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

शुक्रवार बिहान जनकपुर आएका मोदी जानकी मन्दिरमा पूजा गरेर नागरिक अभिनन्दन ग्रहण गरी अपराह्न काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले स्वागत गरेका छन् । विमानस्थलबाट मोदी सिधै होटल हायात प्रस्थान गरेका छन् ।

मोदीलाई शुक्रवार नै टुँडिखेलमा राजकीय सम्मान (गार्ड अफ अनर) प्रदान गर्ने कार्यक्रम छ ।

मोदीले शुक्रवार नै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्