२० असार २०८३, शनिबार

जनकपुरमा ओली र मोदीको उस्तै पोशाक, संयोग कि सल्लाह ?

बैशाख २८, २०७५
जनकपुरमा ओली र मोदीको उस्तै पोशाक, संयोग कि सल्लाह ?

जनकपुरधाम २८ वैशाख– नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जनकपुरमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको पोशाक उस्तै देखिएको छ । 

प्राय कुर्ता र पाइजामा देखिने मोदी शुक्रवार पनि आफ्नो परम्परागत पोशाकमा सजिएका थिए । 

सामान्यतया दौरा सुरुवाल र कोटमा सजिने ओलीपनि शुक्रबार जनकपुर पुग्दा मोदीले लगाउने गरेको जस्तो पोशाकमा देखिए । ओली र मोदीको पोशाक मिलेको थियो । 

प्रधानमन्त्री ओलीका सहयोगीले राखेको तस्वीर सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ । 

जानकी मन्दिरमा पूजापछि मादी र ओलीले संक्षिप्त सम्वोधन गरे । सम्वोधनका क्रममा मोदीले ओलीलाई भाइसाहेब भने भने ओलीले मोदीलाई मित्र भने ।

जानकी मन्दिरको पटाङ्गिनीमा र जनकपुरको बाह्रबिगाहमा भएको सम्वोधनमा पनि मोदीले पटक पटक ओलीको नाम उच्चारण गरे ।  

जनकपुरमा ओली र मोदीको पोशाक संयोग थियो कि पूर्वनिर्धारित थियो भन्नेबारे खुलेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्