२७ असार २०८३, शनिबार

पूजाआजाका लागि भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथमा

बैशाख २९, २०७५
पूजाआजाका लागि भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथमा
फाइल फोटो

काठमाडौं, २९ वैशाख- दुईदिने राजकीय भ्रमणका क्रममा नेपालमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष पूजाआजाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन् ।

जनकपुर हुँदै नेपाल आएका मोदीले शुक्रबार जानकी मन्दिर र शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरिसकेका छन् ।

आफूलाई प्रधान तिर्थयात्रीको रूपमा व्याख्या गरेका मोदी राजनीतिक भेटघाटसँगै धार्मिक गतिविधिमा पनि व्यस्त छन् ।

मोदी यसअघि नेपाल आउँदा पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्